प्रदेश ३ खेलकुद परिषद्का पदाधिकारिको हेटौंडामा शपथ ग्रहण

जनपत्र
२४ असार २०७६, मंगलवार १३:५०

हेटौंडा । प्रदेश नम्बर–३ मा प्रदेश खेलकुद बिकाश परिषदमा छनौट गरिएका सदस्य सचिब तथा पदाधिकारिको आज हेटौंडामा सपथग्रहण गरिएको छ । प्रदेशका सामाजिक बिकाश मन्त्री युवराज दुलाल अध्यक्ष रहेको परिषदमा सदस्य सचिब सूर्यलाल भण्डारी र सदस्यहरु बिकाश तामाङ, माधब तिमल्सीना, ममिता श्रेष्ठ, उत्तम गुरुङ र कल्पना शर्मालाई आज सपथ ग्रहण गराइएको हो । छ जनालाई परिषदका अध्यक्ष समेत रहनुभएका मन्त्री दुलालले सपथ खुवाउनुभयो ।

प्रदेश खेलकुद बिकाश परिषदमा २१ सदस्य टोली रहने भएपनि अहिले भने ६ जना मात्र यही असार ९ गतेको मन्त्री परिषदको बैठकले निणय गरेको थियो । कार्यक्रमलाई संबोधन गर्दै सामाजिक बिकाश मन्त्री दुलालले खेलकुद क्षेत्रमा भइरहेको बिकृति र बिसंगतिहरुलाई हटाउन परिषदले काम गर्नुपर्ने बताउनुभयो । खेल क्षत्रमा भएका फोहोरलाई हटाउन सबै लाग्नुपर्ने उहाँको भनाई छ । खेलाडीका लागि बिकाश नभएको बताउँदै उहाँले भन्नुभयो–‘अहिले पनि राम्रा खेलाडी ब्यावसायीक खेलबाट बाच्ने अवस्था छैन । कोही आर्मी, ससस्त्र, जनपथ प्रहरीमा सिपाइमा जागिर खानुपर्ने अवस्था छ । यो अवस्थाबाट मुक्त दिलाउनुपर्छ ।’


प्रदेशमा खेलकुद पूर्बाधारका क्षेत्रमा प्राथमिकताका साथ काम गरिनुपर्ने उहाँको भनाई छ । सुबिधा सम्पन्न रंगशाला निर्माण गरेर काम गर्नुपर्ने अहिलेको आवस्यक्ता रहेको उहाँले बताउनुभयो । नव नियुक्त सदस्य सचिब सूर्यलाल भण्डारीले सबै क्षेत्रको सहकार्यमा काम गर्न आफु तयार रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश नम्बर ३ का नीति तथा योजान आयोगका सदस्य डाक्टर एमुना कडेल, मन्त्रालयका सचिब दिपेन्द्र सुबेदी लगायतकाको उपस्थित रहेको थियो । नब नियुक्त सदस्य सचिब भण्डारीले आजै पदभार पनि ग्रहण गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*