बर्षायाम सुरु भएसंगै कान्तिलोकपथ दिनहुँ अबरुद्ध

हेटौंडा । हेटौंडा–काठमाण्डौ जोड्ने कान्तिलोकपथ सडक दिनहुँजसो अबरुद्ध हुँदै आएको छ । हिउँदयामभरी कान्तिलोकपथबाट सवारीका साधन सजिलै ओहोर दोहोर गरेपनि बर्षायाम सुरु भएपछी यस सडकबाट सवारी साधन चल्न सकेका छैनन् ।
कान्तिलोकपथमा दिनहुँजसो सडक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ । कान्तिलोकपथको मकवानपुर सडक खण्ड अन्तरगत, ठिंगन, ललितपुरको पनि ठाउँ ठाउँमा अबरुद्ध भएको छ ।
असारको १५ गतेदेखि धेरै स्थानमा सडक अवरुद्ध भएकै कारण यस सडकबाट सवारीका साधन चल्न सकेका छैनन् । निर्माणधिन सडक भएपनि यस सडकबाट सवारीका साधन ओहोर दोहोर गर्न सजिलो भएको थियो ।