बजेट सक्न ढलानमाथि ढलान

जनपत्र
२४ असार २०७६, मंगलवार ०६:२८

जनकपुरधाम उपमहानगरपालिका भित्रका कतिपय सडकमा ग्राभेलसमेत नहुँदा सर्वसाधारणहरु सुक्खामा धुलो र वर्षामा हिलोको मार खेप्दै हिँड्न बाध्य छन् । त्यस्ता सडकहरु बनाउन सम्बन्धित निकायले आँखा चिम्लेका छन् । तर जनकपुरमै एउटा यस्तो बाटो छ । जुन बाटोमा ढलान गरिसकिएको छ तर बजेट सकाउन र भ्रष्टाचार गर्न ढलान गरिसकिएको सडकमा पुनः धमाधम ढलान गर्न थाएिको छ ।

उपमहानगरपालिका–११ मा पर्ने लक्ष्मण सागर पोखरीको उत्तर पश्चिमतर्फको  बाटो शुक्रबारदेखि धमाधम ढलान गर्न थालिएको छ । उपमहानगरपालिकाको ७ लाख ५० हजार रुपैयाँ बजेटमा झण्डै सय मिटर ढलान गरिएको बाटोलाई पुनः ढलान गर्न लागिएको हो । यो काम स्थानीय रामनारायण साह अध्यक्ष रहेको उपभोक्ता समितिले गर्न लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*