बाढीले एकरातमै बगायो ३ करोडको पुल

जनपत्र
२४ असार २०७६, मंगलवार ०६:२७

गत वैशाखबाट पुल निर्माण थालिएको थियो  स्थानीय विकास मन्त्रालयको डोलिडार कार्यक्रममार्फत २२ मिटर पुल बने त्यस क्षेत्रका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा राखिएको थियो। पुल बगाएपछि काठेपुलबाट जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हट्ने स्थानीयको चाहनामा फेरि ठेस पुगेको छ।   ‘आइतबार राति सामान्य बाढी आएको थियो, ढलान गर्न लागिएको पुल त बगाएछ’ सन्दकपुर गाउँपालिका ५ का वडाध्यक्ष जितबहादुर साँवाले भने, ‘भर्खरै मात्र बन्न थालेको थियो। पुल बन्यो, ढुक्क भइयो भनेको त बाढीको बोझ धान्न सकेन।’
दैनिक डेढ दर्जन धेरै सवारीसाधान आउजाउ गर्ने यस स्थानमा वर्षौंदेखि पक्की पुलको माग भए पनि ढिलो गरी निर्माण सुरु भएको थियो । सो पुल निर्माणाधीन स्थान हुँदै भारतको दार्जिलिङसँग सिधा सम्पर्क भएकाले राणा शासन कालमा नै यो बाटो पूर्वका विभिन्न जिल्लाका बासिन्दाले उपयोग गर्दै आएका थिए । बाढीले पुलको होमपाइपहरू, रड, फर्माहरू बगाएको छ भने पिलर ढालेको छ। ठेकेदार कम्पनीका अनुसार पुल पूर्णरुपले क्षति भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*