मलाई तीन जना सचिवले डुबाए, त्यसैले विषादी परीक्षण राेकियाे : मन्त्री यादव

जनपत्र
२४ असार २०७६, मंगलवार ०६:२४

द्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय लिनुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाउनु भएको छ ।

मन्त्री यादवले सोमबार अपरान्ह पत्रकार सम्मेलन गर्दै सचिवहरुको भर पर्दा आफू विषादी परीक्षण नगर्ने निर्णयका कारण डुबेको पनि बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय र आफ्नै मन्त्रालयका तीन जना सचिवहरुले गलत सुझाव दिएका कारण आफू डुबेको मन्त्री यादवको दावी छ । यद्दपि मन्त्री यादवले उक्त निर्णयको जिम्मेवारी भने आफूले लिने पनि स्पष्ट पार्नुभयो । उहाँले आफूलाई गुमराहमा राख्ने सचिवहरुलाई ठिक ठाउँमा बस्न पनि सचेत गराउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*