मकवानपुरमा सडक फराकिलो बनाउन चल्यो डोजर, २० टहरा भत्कीयो

जनपत्र
२३ असार २०७६, सोमबार १८:३८

हेटौंडा । पूर्ब– पस्चिम राजमार्ग अन्तरगत मकवानपुरको लोथरबाट सडक फराकिलो पार्ने कामको सुरुवात गरिएको छ । राजमार्गको दायाँ बायाँ २५ मिटर सडक बिस्तार गर्ने कामको आजबाट सुरुवात गरिएको हो । चितवन र मकवानपुरको सिमानामा पर्ने लोथरबजारबाट सडक फराकिलो पार्ने अभियान सुरु भएको सडक डिभिजन कार्यालय हेटौंडाका सूचना अधिकारी जयराम अधिकारीले बताउनुभयो ।

मनहरी गाउँपालिकाको लोथरमा आज सडक कार्यालयको डोजर जाने बित्तीकै त्यहाँका ब्यक्तिहरुले घर भत्काउन सुरुवात गरेको बताउँदै अधिकारी भन्नुहुन्छ–‘सडक सिमाका संरचना हटाउनका लागि दिइएको १५ दिनको म्याद सकिने बित्तिकै आजबाट राजमार्गको सिमा क्षत्रमा पर्ने घर, टहरा तथा संरचना भत्काउन सुरुवात गरेका हौं ।’

आज मात्र लोथरमा २० वटा टहरा भत्काइएको उहाँले जानकारी दिनुभयो । आज बिहान घर टहरा भतकाउनका लागि सडक डिभिजन कार्यालयको सिमाना पथलैयाबाट पनि सुरुवात गरिएको बताइएको छ । आज बिहानैबाट सडक कार्यालयको डोजर लोथर पुगेपछी स्थानीयले टहरा आफै भत्काउन थालेका हुन् ।

२५ मिटर सडक फराकिलो बनाउने अभियान अब निरन्तर जारी राखिने सडक कार्यलयको योजना छ । यसअघि सडक भत्काउन सुरु गरिएपनि बिभीन्न खालका आन्दोलनका कारण सडक बिस्तारको काम रोकिएको थियो । मकवानपुरको मुख्य बजार क्षेत्रको रुपमा रहेको हेटौँडा उपमहानगरपालिका क्षेत्रका ३ सय भन्दा धेरै घरले सार्वोच्च अदालतको स्टे अर्डर लिएको भन्दै उनले त्यस घर बाहेक अन्य क्षेत्रमा डोचर चल्ने उहाँले बताउनुभयो । मुआब्जाको विषयमा अहिलेसम्म कुनैपनि निर्णय भैनसकेको उहाँको भनाई रहेको छ । यता मकवानपुर उद्योग वाणिज्य संघले भने विना मुआब्जा घरमा डोजर चलाउन नदिने चेतावनी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*