प्रदेश १ मा भारतबाट भित्रने फलफुल तथा तरकारीको विषादी परीक्षण गरिने

जनपत्र
२३ असार २०७६, सोमबार ०६:५५

प्रदेश १ सरकारले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको छ  । संघीय सरकारले विषादीको परीक्षण गरेर मात्र तरकारी तथा फलफुल भित्र्याउन दिने भनी गरेको निर्णय तत्काललाई कार्यान्वयन नगर्ने भरी सार्वजनिक भइरहेका बेला प्रदेश १ सरकारले प्रयोगशाला सञ्चालनमा ल्याएको हाे ।

काठमाण्डौबाट प्राविधिकसहितको टोली ल्याएर प्रदेश १ सरकार भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अगुवाइमा विराटनगरको रानीमा फलफुल तथा तरकारीको विषादी प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।तरकारी तथा फलफुलमा रहेको विषादीको अवशेष परीक्षण गर्न स्थापना भएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सोमबारदेखि सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*