नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेट आजबाट शुरू हुँदै
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आज (आइतवार) बाट शुरू हुँदैछ ।
पोखरा क्रिकेट मैदानमा पहिलो दिन आज दुई खेल हुँदैछन् । प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह ुएु मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ ।
समूह ुबीु मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश(१ र लुम्बिनी प्रदेश रहेको छ । महिला क्रिकेट असोज १ कात्तिकसम्म हुनेछ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।






