फिफाको नयाँ वरीयतामा नेपालको एक स्थान सुधार

जनपत्र
२१ आश्विन २०७९, शुक्रबार ०७:१३

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ।फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता सुधार भएको हो। नयाँ वरीयतामा नेपाल १७५ औँ स्थानमा उक्लिएको छ। अघिल्लो वरीयतामा नेपाल १७६ औँ स्थानमा थियो।

दशरथ रंगशलामा असोज ११ गते भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ हराएको थियो। नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा छ। नेपालको अगाडि भारत र माल्दिभ्स छन् । भारत १०६ औं स्थानमा छ। माल्दिभ्स १५४ औं स्थानमा छ। नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन्। नयाँ वरीयताको शीर्ष स्थानमा ब्राजिल छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*