करिश्मा नेकपा प्रवेश गर्ने तयारीमा, प्रचण्डसँग भयो भेटवार्ता

जनपत्र
२२ असार २०७६, आईतवार १४:३१

केही समयअघि नयाँ शक्ति पार्टी परित्याग गरेकी नायिका करिश्मा मानन्धर नेकपा प्रवेश गर्ने भएकी छन्। केही समयअघि उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबाट अलग भएकी थिइन्। उनले नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी हुन्।
नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीच एकता भएपछि करिश्मा नयाँ शक्तिसँग असन्तुष्ट भएकी थिइन्। स्रोतका अनुसार उनले त्यतिबेलै नेकपा प्रवेश गर्ने इच्छा देखाएकी थिइन्। त्यही बेलादेखि सम्वाद भइरहेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*