वीरगञ्जको मुख्य सडक फराकिलो पार्न डोजर चलाइने

जनपत्र
२२ असार २०७६, आईतवार १४:२७

वीरगञ्ज महानगरपालिकाको मुख्य सडक २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सडक विभागले वीरगञ्जको मुख्य सडक २५-२५ मिटर दायाँ बायाँ फराकिलो पार्ने काम सुरु भएको हो । विभागले सडक अतिक्रमण गरि बनाइएका घर टहराहरु हटाउन जारी गरेको १५ दिने सूचनाको म्याद शनिबार सकिएपछि सडक फराकिलो पार्ने प्रक्रिया अघि बढाएको हो ।

विभागले आइतबारबाट वीरगञ्जको मुख्य सडकको दायाँ बायाँ २५/२५ मिटरसम्मको सडकमा नापी नक्सा गरि चिन्ह लगाउने काम सुरु गरेको सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख इञ्जिनियर सुमन योगेशले जानकारी दिए । उनले अतिक्रमण गरेर बनाइएका घर टहराहरु स्थानीयले आफै नभत्काए अब डोजर लगाएर भत्काइने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*