प्रिमियर लिगमा चेल्सीको रोमाञ्चक जित

जनपत्र
१६ आश्विन २०७९, आईतवार ०७:५१

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा चेल्सी विजयी भएको छ । ऊ घरेलु टोली क्रिस्टल प्यालेसविरुद्ध २–१ ले विजयी भएको हो ।

सेलहर्स्ट पार्कमा सुरूवाती अग्रता भने घरेलु टोलीले लिएको थियो । खेलको सातौँ मिनेटमा ओडसन इडुवार्डले क्रिस्टल प्यालेसलाई सुरुवाती अग्रता दिलाए । उनले जोर्डन आइयूको पासलाई सदुपयोग गरेका थिए ।

३८ औं मिनेटमा पिएरे इमिरिक औवामियाङले चेल्सीलाई १–१ को बराबरीमा ल्याए । उनले थियागो सिल्भाको पासलाई जाली चुमाएका हुन् । यो चेल्सीका लागि औवामियाङको डेब्यु गोल हो । उनी यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट स्टामफोर्ड ब्रिज भित्रिएका हुन् ।

९० औं मिनेटमा क्रिस्टियन पुलिसिचको पासमा गोल गर्दै कोनोर गालाघरले चेल्सीलाई २–१ को रोमाञ्चक जित दिलाए ।

जितसँगै चेल्सी ७ खेलमा १३ अंकका साथ पाँचौं स्थानमा रहँदा पराजित क्रिस्टल प्यालेस समान खेलबाट ६ अंकका साथ १७ औं स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा वेस्टह्याम युनाइटेड, एभर्टन र न्युकासल युनाइटेडले पनि जित हात पारेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*