वीरगञ्जको तेल उद्योगमा लागेको आगो १४ घण्टापछि नियन्त्रणमा

वीरगन्ज महानगरपालिका–२१ को लिपनीविर्तामा रहेको सुशील वनस्पति उद्योगमा बिहान करिब २ बजेबाट लागेको आगो झण्डै १४ घन्टा पछि नियन्त्रणमा आएको छ। शनिबार बिहान करिब २ बजेदेखि लागेको आगो अपरान्ह ४ बजे नियन्त्रणमा आएको हो।आगलागी नियन्त्रणमा लिन वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, जितपुर सिमरा उप महानगरपालिका, अम्लेखगन्ज आयल निगम डीपोको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी सेना र स्थानीयबासी लगायत आगो निभाउन लागेका थिए।
आगलागी हुनुको कारण खुल्न सकेको छैन भने आगलागिमा अनुमानित २५ करोड भन्दा बढीको तयारी अवस्थामा रहेको रिफाइन तेल, तोरी र त्यहाँ भएका पिनाहरु पुर्णरुप मा जलेर नस्ट भएको कारखानाका प्रशासकिय अधिकृत विमल शर्माले जानकारी दिए।