सर्‍याे नेपाल टी-२० लिग, डिसेम्बरमा गर्ने प्रस्ताव

जनपत्र
३० भाद्र २०७९, बिहीबार ०७:१२

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपालको पहिलो आधिकारिक प्रतियोगिता नेपल टी-२० लिग (एनपीएल) सरेको छ ।

यसअघि असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुने भनिएको प्रतियोगिता क्यानले वुधबार एक विज्ञप्ति जारी गर्दै निर्धारित मितिमा नहुने जनकारी दिएको छ ।

मंसिर ४ गते हुने प्रदेश र केन्द्रको निर्वाचनाका विभिन्न कार्यक्रम हुने भएकाले त्यस समय खेलाडीहरु बसोबास गर्ने होटलमा आवश्यक सुरक्षा दिन कठिन हुने भन्दै गृह मन्त्रालयले निर्वाचनपछि प्रतियोगिता गर्न आग्रह गरेपछि नेपाल टी २० सारेको क्यानले जनाएको छ ।

क्यानले प्रतियोगितामा विदेशी खेलाडी आउने भएकाले उनीहरुको सुरक्षा महत्वपूर्ण रहेको गृह मन्त्रालयको आग्रह स्वीकार गर्दै प्रतियोगिता सार्ने निर्णय गरेको जनाएको छ ।

प्रतियोगिता सरेसँगै डिसेम्बर ११ देखि ३१ सम्म नयाँ मिति प्रस्ताव पनि गरिएको छ ।

नेपाल टी २० को पहिलो संस्करणमा पोखरा एभेन्जर्स, विराटनगर किंग्स्, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स र काठमाडौं गोर्खाज गरी ६ टिम सहभागी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*