गोरखा अजिकोटमा नेकपा नेता देवकोटाको लहर: चुनावमा त हारे तर जनताको मन जिते

कृष्णउदास खनाल
२० असार २०७६, शुक्रबार १६:०५

अजिरकोट(गोरखा)/२०७४ सालमा स्थानीय तहको निर्वाचन भयो,त्यत्तिबेला अजिरकोट गाउँपालिकाको अध्यक्षका लागि तत्कालिन समयमा माओवादीले जनयुद्धमा लागेका गोरखा अजिरकोट गाउँपालिका वडा नम्बर ४ का दीपक देवकोटालाई उठायो । त्यत्तिबेला उनी अजिरकोटवासीका माझमा परिचित थिएनन् । चुनाव ३१ बैशाखमा भयो तर उनी बिजय हुन सकेनन् तर उनले हरेश खाएनन् बरु जनताको सेवामा रातदिन लागिरहे ।
चुनावमा पराजित भएपनि अजिकोटकको टोल,बस्तीका आम दुःखी गरिबका माझमा उनी सँधै अहिले भेटिन्छन् । उनकै अगुवाइमा अहिले अजिकोटममा बिकास निर्माणका काम भइरहेको छ । अजिकोटको स्थानीय निकायमा नेपाली काँग्रेसको सरकार भएपनि बिकासको काम भने नेकपाका नेता दीपक देवकोटाको अगुवाइमा भइरहेको स्थानीयहरुले बताएका छन् ।शिक्षा,स्वास्थ्य,खानेपानी तथा बिजुलीको क्षेत्रमा देवकोटा आफै खटेर काम गरिरहेको अजिकोटा गाउँपालिका वडा नम्बर ३ का स्थानीय युवा प्रकाश अधिकारीले बताए ।

उनले दीपक दिनरात जनताको सेवामा खटिएको र अजिकोटका कुनैपनि नागरिकहरुले कुनै समस्या झेल्न परे आफै खटिएर तत्काल समाधान गर्ने गरेको बताए । अजिकोटका कतिपय गाउँका स्थानीयहरु अझैपनि राष्ट्रिय बिधुतको पहुँचबाट टाढा रहेको भएपनि दीपकले नेकपाका प्रवक्ता एवम् संसदीय निर्वाचन २०७४ मा नै गोरखा २ बाट उम्मेदार बनेका नारायणकाजी श्रेष्ठको सहकार्यमा अधिकांश स्थानमा बिजुलीको पोल गाडेको र अब बत्ती बल्ने अन्तिम तयारीमा रहेको स्थानीयहरु बताउछन् । चुनावमा पराजित भएपनि आफूलाई जनताको काम गर्दा निकै गर्व हुने गरेको दीपक बताउछन् । अब करिब दुई बर्षपछि फेरि हुने स्थानीय तहको चुनावमा अजिकोटको प्रमुख पदमा उनी उठ्ने तयारीमा नै रहेको उनी निकटका ब्यक्तिहरुले बताउछन् तर दीपकले भने जनताले पत्याए र पार्टीले साथ दिए आफू पछि नहट्ने तर्क प्रश्तुत गर्छन् । नेकपाका केन्द्रीय सदस्य समेत रहेका देवकोटाले अजिकोटवासीको सुखदुःखमा आफू सदैव रहने प्रतिबद्धता जनाएका छन् । तत्कालिन एमाले र माओवादी पार्टी एक भएपछि अजिकोट गाउँपालिकामा नेकपा ठूलोपार्टी बनेको भएपनि स्थानीय सरकार भने काँग्रेसको छ र जसको नेतृत्व काँगेसका नेता फडिन्द्र धितालले गरिरेहका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*