फाइनल अगाडि पाकिस्तानमाथि श्रीलंका विजयी
श्रीलंकाले एसियाकप २०२२ को सुपर–४ अन्तर्गतको अन्तिम खेलमा शुक्रबार पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । यिनै दुई टिमबीच आइतबार फाइनल हुँदैछ ।
सुपर–४ को अन्तिम खेल अगाडि नै श्रीलंका र पाकिस्तान फाइनल पुगिसकेका थिए । दुबईमा भएको खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै १ सय २२ रनको लक्ष्य तयार पारेको थियो ।
श्रीलंकाले त्यसलाई १७।५ ओभर मात्र उपयोग गर्दै ५ विकेट गुमाएर पूरा गरेको हो । त्यसमा पाथुम निशन्काले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । पाकिस्तान भने १९।१ ओभरमा १ सय २१ रन बनाएर अलआउट भएको थियो ।






