राष्ट्रिय चिकित्सा शिक्षा ऐनका विषयमा हेटौंडामा अभिमुखीकरण

जनपत्र
१९ असार २०७६, बिहीबार १८:०५

हेटौंडा । राष्ट्रिय चिकीत्सा शिक्षा ऐन, २०७५ अभिमुखीकरण तथा प्रवोधिकरण कार्यक्रम आज हेटौंडामा भएको छ । चिकीत्सा शिक्षा आयोगको आयोजनामा यस ऐनका बिषयमा हेटौंडामा बिभिन्न सरोकारवाला निकाय संग सुझाव समेत मागिएको छ । कार्यक्रमको उद्घाटन् गर्दै प्रदेश नम्बर ३ का सामाजिक विकाश मन्त्री युवराज दुलालले राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन आवस्यक परेमा सुंसोधन गर्दै लैजाने र कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । यस ऐनलाई सवैले राम्रोसंग बुझ्न जरुरी रहेको बताउनुभयो । बिदेसी लगानीमा आएका यस संग सम्बन्धीत लगानीलाई राज्यको कानुन मान्नुपर्ने वताउनुभयो ।

कार्यक्रममा प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फूयाल, प्रदेश ३ को कृषि, शिक्षा तथा स्वास्थ्य समितिका सभापति घनश्याम भूसाल, प्रदेश ३ को नीति तथा योजना आयोगका सदस्य डाक्टर एमुना कडेल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा केही सहभागिले राष्ट्रिय चिकीत्सा शिक्षा ऐनको नामलाई अली फराकिलो बनाउनका लागि राष्ट्रिय स्वास्थ्य शिक्षा ऐन राखिनुपर्ने बताएका छन् । कार्यक्रम आयोगका सदस्य चन्द्रकान्त भूसालको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*