खल्ती क्विज खेलेर जित्नुस् ‘सम्हालिन्छ कहिले मन’को टिकट
दर्शकहरुले क्विज खेलेरै शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘सम्हालिन्छ कहिले मन’को टिकट जित्नसक्ने भएका छन् । यसका लागि उनीहरुले पहिले खल्ती एप डाउनलोड गरेर खल्ती क्विज खेल्न सक्नेछन् ।
क्विजमा सम्हालिन्छ कहिले मनसँग आधारित प्रश्नहरु छन् । तीनवटा प्रश्नको सही जवाफ दिने सहभागीले यस फिल्म हेर्नका लागि खल्तीबाट १००५ क्यासब्याक (२५० रुपैयाँसम्म) को मुभी कुपन जित्न सक्नुहुनेछ। र, जितेको कुपनको कोड राखि ५० सेकेन्डमै खल्ती एपबाट मुभी टिकट किन्न सकिनेछ ।
नेपाली प्रडक्टलाई प्रवद्र्धन गर्ने संस्थाको नीतिअनुसार नेपाली सिनेमाहरुलाई पनि प्रवद्र्धन गर्न लागिएको खल्तीका सिइओ बिनय खड्काले बताए ।
सम्हालिन्छ कहिले मनका निर्देशक सुदर्शन थापाले फिल्म हलमा दर्शकको संख्या कम देखिएका बेला खल्तीले प्रवद्र्धनमा गरेको सहयोग महत्वपूर्ण साबित हुने बताए ।
‘पछिल्लो समय सिनेमाघरमा दर्शकको संख्या कम देखिएको छ । यस्तो परिस्थितीमा खल्तीले हाम्रो सिनेमासँग सहकार्य गरेको छ । यसका लागि हामी खल्तीप्रति आभारी छौं,’ थापाले भने,‘अलग मेकिङ रहेको यस त्रिकोणात्मक फिल्मले तपाईलाई पूर्ण मनोरञ्जन दिनेछ भन्ने हाम्रो विश्वास छ ।’
अभिनेत्री पुजा शर्माले खल्ती एपमार्फत टिकट काटेर फिल्म हेर्न सबैलाई आग्रह गरिन् । ‘यो फिल्ममा हामीले वेस्ट दिएका छौं । विदेशमा ९० प्रतिशत छायाँकन गरिएको छ र दृश्यहरु आँखालाई फ्रेस फिल गराउने खालका छन् । मेकिङ निकै सुन्दर छ । मलाई आशा छ यो फिल्म हेरेर तपाईहरुले भरपुर मनोरञ्जन लिनुहुनेछ,’ उनले भनिन् ।
दर्शकले खल्ती एपमार्फत टिकट काटेर क्युएिफएक्स, आईएनआई, सिनेफ्लेक्स र बिग मुभिजमा ‘सम्हालिन्छ कहिले मन’ हेर्नसक्ने छन् ।







