हेटौंडाका एचआइभी सक्रमितलाई समस्यै समस्या

जनपत्र
१७ असार २०७६, मंगलवार १२:२९

हेटौंडा / हेटौंडाका एचआइभी सक्रमितहरु चौतर्फी समस्याका बाबजुद आफ्नो जीवन संघर्ष गर्नु परेको गुनासो गरिएको छ । सक्रमित प्रभाबितहरुको हक हितका लागि दवाब सिर्जना गर्दै उनिहरुको आवश्यकतामा सहयोगि भूमिका गरिरहेको मकवानपुर महिला समूहले आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी गराईएको हो ।
मकवानपुर महिला समूहले यौन तथा प्रजनन स्वास्थ्य प्रदायक सरोकारवालाहरुसंगको समन्वय बैठकमा सहभागीले एचआइभी सक्रमितहरुले स्वास्थ उपचारमा सहजता नपाएको,विभेद खेप्नु परेको गुनासो गरिएको हो । संक्रमितहरुले सिडिफो काउन्ट सेवा जिल्ला अस्पतालमा नपाएको कारण आफ्नो उपचारमा समेत लापरबाही गर्दै आएको मकवानपुर महिला समूह फोकल पर्सन शुभलक्ष्मी बिश्वकर्माले बताईन ।  सक्रमितका बालबालिकाहरुको लागि आवश्यक PPTCT सेवा पनि जिल्ला अस्पतालमा नभएको कारण समस्या भएको फोकल पर्सन बिश्वकर्माले बताईन ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका स्वास्थ शाखा संयोजक सुपेन्द्र कार्की, जिल्ला स्वास्थ कार्यलय मकवानपुरका शशिकान्त सिं, नेपाल परिवार नियोजन संघ जिल्ला शाखा फिल्ड अफिसर मुरारी प्रसाद शर्माले संक्रमितहरुको लागि आफ्नो निकायबाट उपलब्ध हुने सेवामा समस्या नभएको बताए ।  स्थानीय स्तरमा सबै सेवाको माग भैरहेको भएपनी उपलब्ध नभएकोले भने समस्या रहेको उनिहरुले स्वीकार गरेका थिए ।
कार्यक्रम यौनकर्मी महिलाको क्षेत्रमा कार्यरत संस्था महिला मुक्ति संघ जिल्ला अध्यक्ष कोपिला रिमालले यौनकर्मी महिलाका सन्तानलाई जन्म दर्ता,नागरिकता जस्ता सेवा लिन समस्या भएको बताईन ।
कार्यक्रम हेउनपा वडा १ का वडा अध्यक्ष सबिन न्यौपाने , ४ का अध्यक्ष नवीन सिग्देलले स्थानीय निकायले गर्ने सेवामा आफूहरुबाट कमि नहुने बताए । यौनकर्मी महिलाको सवालमा पेशा परिवर्तन गरेर समाजलाई सकारात्मक दिशामा लैजान तयार हुनेहरुको लागि स्थानीय सरकार सधै तयार रहेको बताए ।
जिल्ला भएका यौनकर्मी महिलाको संङ्ख्या घटाउदै जानको लागि स्थानीय सरकारलाई सहयोग गरिदिन वडा अध्यक्ष सिग्देल अनुरोध गरे । “कानूनले स्वीकार गरेको कामको लागि हामी लगानी गर्न तयार छौ,आउनुहोस् हातेमालो गरेर समाज र देश बनाऔं ।”
मकवानपुर महिला समूह अध्यक्ष कमला सुबेदिको अध्यक्षता मा भएको कार्यक्रममा संक्रमित प्रभावितहरुको हितमा वकालती कम भएकोले समस्या समाधानमा समय लाग्ने गरेको बताईएको थियो । फेचको सहयोगमा मकवानपुर महिला समूहले संक्रमितहरुको लागि नेतृत्व प्रदान गर्ने, उनिहरुको समस्या सरोकारवाला निकायसम्म पुर्‍याईदिनेलगायतको कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक निशा लामाले बताईन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*