१ रुपैयाँमै ‘माइकल अधिकारी’ हेर्न पाइने

जनपत्र
२ भाद्र २०७९, बिहीबार ०८:०९

करीब ३५र४० वर्ष अगाडि नेपाली फिल्मको टिकट मुल्य १ रुपैयाँ आसपास हुने गर्थ्यो । तर, अहिले मल्टीप्लेक्समा फिल्म हेर्दा कम्तिमा ५ सय खर्च हुन्छ, टिकट र पपकर्न आदीमा । टिकटको मुल्य नै २ सय माथि छ । तर, के तपाईंहरु १ रुपैयाँमा नेपाली फिल्म हेर्न चाहनुहुन्छ रु धेरैलाई यो असम्भव लागे पनि फिल्म ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा हेर्न पाइने भएको छ ।
नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले १ रुपैयाँमै ‘माइकल अधिकारी’ हेर्न पाउने अफर सार्वजनिक गरेको हो । भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको टिकट दर्शकहरुले इसेवाबाट १ रुपैयाँमा नै काट्न सक्नेछन् । डिजिटल वालेट र नेपाली फिल्मप्रति आम मानिसलाई आकर्षित गर्न इसेवा र ‘माईकल अधिकारी’को निर्माण टिमले यो योजना अगाडि सारेको हो ।
उद्दव पौडेलको प्रस्तुतिमा निरक पौडेल निर्माता रहेको फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल, केभिन परियारलगायतको अभिनय छ । शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवादमा तयार भएको फिल्मको कथा लेखन र निर्देशन रञ्जित रौनियारको हो ।
मनोज केसी प्रोडक्सन म्यानेजर रहेको फिल्ममा कमल राईसँगै कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन र राजु विक्रम थापाको छायांकन छ । पूर्वको झापा र ईलाममा खिचिएको फिल्मलाई नेपालको ठूलो प्रोडक्सन हाउस गोपीकृष्ण मुभिज प्रा।लीले निर्माण गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*