महिला साफ च्याम्पियनसिप : भारतको सहभागिता अन्योलमा

जनपत्र
१ भाद्र २०७९, बुधबार ०७:५८

अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० ले ‘तेस्रो पक्षको हस्तक्षेप’ भएको भन्दै अखिल भारतीय फुटबल महासंघ ९एआईएफएफ० लाई मंगलबार निलम्बन गरेपछि अर्को महिना काठमाडौंमा हुने छैटौं महिला साफ च्याम्पियनसिपमा भारतीय टिमको सहभागिता अनिश्चित बनेको छ ।

फिफाले निलम्बन गरेसँगै भारतको राष्ट्रिय टिम तथा कुनै पनि उमेर समूहका टिम र कुनै पनि क्लबले औपचारिक रूपमा आयोजना गरिने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छैनन् । अन्तर्राष्ट्रिय फुटबलका कुनै पनि कार्यक्रममा भारतले प्रतिनिधि पठाउन र फिफा, एएफसी ९एसियाली फुटबल महासंघ० बाट कुनै पनि प्रकारका सहायता लिन पनि पाउने छैन । त्यसैले अघिल्ला पाँचै संस्करणको उपाधि कब्जा गरेको भारतको महिला साफ च्याम्पियनसिप २०२२ मा सहभागिता अन्योलमा परेको हो ।

कोभिड–१९ महामारीले प्रभावित भएसँगै तीन वर्षपछि सञ्चालन हुन लागेको च्याम्पियनसिपबारे स्थानीय आयोजक अखिल नेपाल फुटबल संघ ९एन्फा०का महासचिव किरण राईले भने, ‘दक्षिण एसियाली फुटबल महासंघ ९साफ० को कार्यसमिति बैठक बुधबार हुँदै छ, जहाँ दक्षिण एसियाली स्तरका महिलाका प्रतियोगिता साफ च्याम्पियनसिप, यू–१५ र यू–१७ लाई एजेन्डामा समावेश गरिएको छ । फिफाको निलम्बन कायम रहेसम्म साफ च्याम्पियनसिपमा भारतीय टिम आउन मिल्दैन । च्याम्पियनसिपमा भारतको सहभागिताबारे साफको बैठकले निर्णय गर्न सक्छ ।’

सन् २०१० मा बंगलादेशको कक्सबजारबाट सुरु भएको महिला साफ च्याम्पियनसिपमा लगातार पाँचपल्टै भारतले ट्रफी कब्जा गरेको छ । भारतले कुनै पनि खेल हारेको छैन । यसबीच पाँचै संस्करणमा नेपाली टिमलाई पराजित गर्ने पनि भारत नै हो । नेपाली टिम चारपल्ट फाइनल र एकपल्ट सेमिफाइनलमा हारेको छ । पछिल्लोपल्ट ९सन् २०१९० मा विराटनगरमा सम्पन्न पाँचौं संस्करणको फाइनलमा घरेलु टिम नेपाललाई ३–१ ले हराएर भारत च्याम्पियन भएको थियो ।

लगातार दोस्रोपल्ट नेपालमा सञ्चालन हुन लागेको च्याम्पियनसिपमा पाकिस्तान फुटबल महासंघमाथि लगाइएको प्रतिबन्ध फिफाले हटाइएसँगै साफमा सदस्य सातै देशका टिमले प्रतिस्पर्धा गर्ने निश्चित भएको थियो । समूह विभाजन र खेल तालिका पनि तय गरिएको थियो ।

नेपाली स्ट्राइकर सावित्रा भण्डारी भारतको महिला लिग च्याम्पियन गोकुलम केरलामा अघिल्लो साता आबद्ध भएकी थिइन् । उनीसहित गोकुलम केरलाको टिम एएफसी वुमेन्स क्लब च्याम्पियनसिपमा सहभागी हुन उज्वेकिस्तान पुगिसकेको छ । अगस्ट २३–२६ मा हुने च्याम्पियनसिपमा गोकुलमले स्थानीय क्लब सोग्दियना र इरानी टिम बम खातनविरुद्ध प्रतिस्पर्धा गर्नेछ । तर, एआईएफएफमाथि फिफाको निलम्बन कायम रहेमा गोकुलमले महिला क्लब फुटबलमा एसियाकै सबैभन्दा ठूलो प्रतियोगिता खेल्न पाउने छैन ।

खासमा एआईएफएफका अध्यक्ष प्रफुल पटेलसहित कार्यसमितिको कार्यकाल डिसेम्बर २०२० मा सकिएको थियो । त्यसपछि पनि सोही कार्यसमितिले अन्तरिम रूपमा भारतीय फुटबल सञ्चालन गरिरह्यो ।

गत मे महिनामा सर्वोच्च अदालतले पटेल नेतृत्वको कार्यसमितिलाई बर्खास्त गर्दै प्रशासनिक समिति गठन गरिदिएपछि एआईएफएफमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफा र एएफसीले प्रतिनिधि पठाएर वार्ता गरी समस्या समाधान गर्ने प्रयास नगरेमा प्रतिबन्ध लगाउने चेतावनी पनि दिएको थियो । समस्या समाधान नभएपछि फिफाले मंगलबार एआईएफएफलाई निलम्बन गरेको हो । एआईएफएफको मुद्दामाथि सर्वोच्च अदालतले बुधबार सुनुवाइ गर्दै छ, जसको फैसला फिफालाई चित्तबुझ्दो भयो भने भारतीय फुटबलमाथिको निलम्बन हट्न सक्छ ।

निलम्बन कायम रहेमा अक्टोबर ११–३० मा हुने फिफा यू–१७ विश्वकप २०२२ को आयोजना अधिकार गुमाउने छ र छनोट पा गरेका १६ देशको प्रतियोगिता अर्कै मुलुकमा हुनेछ । त्यस्तै, भारतको पुरुष राष्ट्रिय फुटबल टिमका लागि सेप्टेम्बरमा तय गरिएका भियतनाम र सिंगापुरविरुद्धका मैत्रीपूर्ण खेल रद्द हुने छन् । भारतीय टिमले उमेर समूहका साफ र एएफसीका प्रतियोगिता पनि गुमाउने छ ।

आईएसएल क्लब एटीके मोहन बगानले एएफसी कप २०२२ अन्तरक्षेत्रीय सेमिफाइनलको खेल गुमाउने छ । भारतका कुनै पनि क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न पनि पाउने छैन । त्यसैले एआईएफएफमाथि फिफाको निलम्बन र त्यहाँको सर्वोच्च अदालतको सुनुवाइलाई चासोपूर्वक हेरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*