भरतपुरमा मतपत्र च्यात्नेलाई एक–एक लाख जरिबाना

जनपत्र
१७ असार २०७६, मंगलवार ०६:४१

स्थानीय तहको निर्वाचनका बेला भरतपुर महानगरपालिकाको मत गणनाको क्रममा मतपत्र च्यातेको अभियोगमा दोषी ठहर भएका दुई जनालाई रु एक÷एक लाख जरिवाना गरिएको छ ।

जिल्ला अदालत चितवनले मतपत्र च्यात्ने द्रोण शिवाकोटी र मधु न्यौपानेलाई जरिवान सजाय तोकेको हो । अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मतपत्र च्यात्ने मुख्य अभियुक्तलाई सो सजाय सुनाएको हो । अदालतले गत जेठ ३० गते उनीहरुलाई दोषी ठहर गरिएकामा आज सजाय सुनाएको हो ।मतगणनाका क्रममा मतपत्र च्यात्ने शिवाकोटी र न्यौपानेलाई तत्कालीन समयमा रु एक÷एक लाख धरौटीमा अदालतले रिहा गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*