नेयमार चम्किँदा पीएसजीको सानदार जीत, दुई खेलबाट बटुल्यो ६ अङ्क

जनपत्र
२९ श्रावण २०७९, आईतवार ०९:२०

नेयमार चम्किँदा पेरिस सेन्ट जर्मेइन ९पीएसजी० ले लिग वानमा लगातार दोस्रो जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले मोन्टपेलियरलाई ५(२ को फराकिलो अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा पीएसजीका केलियन एम्बोप्पेले पेनाल्टी मिस गरेका थिए । तर फलाये साकोको आत्मघाती गोलबाट अग्रता लियो ।

पहिलो हाफको अन्त्यतिर नेयमारले पेनाल्टी गोल गरेपछि पीएसजीको अग्रता दोब्बर भयो । दोस्रो हाफको सुरुमै उनले नै घरेलु टोलीका लागि अर्को गोल गरे ।

भ्रमणकारी टोलीका खाजरीले ५८औं मिनेटमा गाले गरेका थिए । तर पीएसजीका एम्बाप्पेले ६९औं र सान्चेजले ८७औं मिनेटमा गोग गर्दै टोलीको अग्रता ५-१ मा पुर्‍याए ।

इन्जुरी टाइममा एमबिआईले गरेको गोल मोन्टपेलिरका लागि सान्तत्व गोल बन्न पुग्यो । योसँगै पीएसजीले सुरुआती दुई खेलबाट छ अङ्क बटुलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*