हेटौंडाका सामुदायिक बिद्यालयको अन्तरक्रिया,शिक्षा सुधारमा जोड

हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका बिद्यालयका प्रधानध्यापक, अध्यक्ष, शिक्षक तथा सरोकारवाला निकायका विचमा आज अन्तरक्रिया कार्यक्रम भएको छ । हेटौंडाका सामुदायिक बिद्यालयको एसइइ र कक्षा ५ को नतिजा बिस्लेषण तथा माध्यमिक बिद्यालयका प्रतिनिधिका बिचमा अन्तरक्रिया भएको हो । नगरस्तरिय शैक्षिक समन्वय समिति हेटौंडाको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सरकारी बिद्यालयको शिक्षामा सुधार आवस्यक रहेको बताउनुभयो । सामुदायिक बिद्यालयमा सुधार गर्नका लागि बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष, प्रधानध्यापक, शिक्षक, अभिभावक सबै मिलेर लागेमा मात्र सुधार ल्याउन सकिने बताउनुभयो । सबै सामुदायिक बिद्यालयमा अग्रेजी माध्यममा अध्यापन गराएमा शिक्षाको स्तर उकासीने मेयर महतको भनाई छ ।
कार्यक्रममा हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँ, हेटौंडा ८ का वडाअध्यक्ष गोपाल बहादुर श्रेष्ठ, राष्ट्रिय परिक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्ण प्रसाद घिमिरे, शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख लिला गौतम, हेटौंडा उपमहानगरपालिका शिक्षा साखाका प्रमुख पूर्ण बहादुर अछामी, उपमहानगरपालिकाका प्रवन्धक भिम तिमल्सीना, शिक्षक महासंघका रमेश प्रसाद लामिछाने लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम नगरस्तरिय शैक्षिक समन्वय समिति हेटौंडाका अध्यक्ष सागर खतिवडाको अध्यक्षतामा भएको हो ।