विप्लव कार्यकर्ता र प्रहरीबीचको दोहोरो फायरिङ : हेलिकप्टरबाट थप सुरक्षाकर्मी घटनास्थलमा

संखुवासभामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो फाइरिङ भएपछि नेपाली सेनाको दुईवटा हेलिकप्टरबाट थप सुरक्षा टोली घटनास्थल पुगेको छ।
सोमबार बिहान करिब १० बजे जिल्लाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको होयेङलामा चन्द नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान भएपछि सो स्थानलाई थप सुरक्षा दिइएको हो। यसबीच नेपाली सेनाको हेलिकप्टरले सो क्षेत्रमा गस्ती गरेको छ।
घटनाका सन्दर्भमा प्रदेश एकका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवालीले विप्लव समूहले फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको बताएका छन्। उनले भने, ‘त्यो फायरिङ निकै टाढाको फायरिङ हो। कुनै मानवीय क्षति वा अन्य कुनै घटना भएको छैन।’