उपत्यकाका मेयरलाई मुख्यमन्त्रीको सुझाव- एकीकृत योजना बनाएर काम गर्नूस्

जनपत्र
१६ असार २०७६, सोमबार १९:१४

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यकाका मेयरहरुलाई एकिकृत विकास योजना बनाएर काम गर्न सुझाव दिएका छन् । सोमबार काठमाडौंमा आयोजित विद्युतीय बसको सञ्चालनका लागि काठमाडौं-ललितपुर महानगरपालिका, प्रदेश ३ र साझा यातायातबीच सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा पौडेलले यस्तो सुझाव दिएका हुन् ।

कार्यक्रममा प्रमुख अथिति रहेका मुख्यमन्त्री पौडेलले स्थानीय तह र प्रदेशको कार्यदिशा र कार्यशैलीमा बारम्बार प्रश्न उठाउन खोजे पनि विभिन्न चुनौतीलाई चिरेर हाल यी तहले विकास र प्रगतिको यात्रा सुरु गरिसकेको टिप्पणी गरे । “एक वर्ष हाम्रालागि पनि नौलो रह्यो । प्रदेशको संरचना आफैँमा नयाँ भएकाले काम गर्न सकिएन । अब हामीले खुट्टा टेकेका छौं । काम गरिन्छ,” उपत्यकाको विकासबारे काठमाडौं र ललितपुरका मेयरलाई सुझाव दिँदै पौडेलले भने, “उपत्यका विकासका लागि एकीकृत कार्ययोजना बनाएर काम गर्नूस्, कार्ययोजना आफूखुसी बनाउँदा बाग्मती पुलवारिको बाटो फराकिलो, बाग्मती पारिको त्यही बाटो साँघुरो हुँदा समस्य देखिएको छ । यस्ता समस्यालाई ख्याल गरेर विकासकार्य अघि बढाउनूस् ।” साझा यातायातलाई विद्युतीय बस खरिदका लागि प्रदेश ३ ले ३० करोड रुपेयाँ प्रदान गरेको छ ।
बाह्रखरीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*