वेस्ट इण्डिजविरुद्धको पहिलो टी–२० मा न्यूजिल्याण्ड विजयी
घरेलु टोली वेस्ट इण्डिजविरुद्धको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा न्यूजिल्याण्ड १३ विजयी भएको छ । योसँगै तीन खेलको सिरिजमा न्यूजिल्याण्डले १–० को अग्रता लिएको छ ।
वेस्ट इण्डिजले भने यो सिरिजमा पनि हारबाट सुरुवात गर्यो । पहिलो खेलमा १८६ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै १७२ रन मात्र बनाउन सक्यो ।
उसका लागि सम्राह ब्रुक्सले सर्वाधिक ४२, अविजित रहेका रोमारियो सेफर्डले ३१, ओडियन स्मिथले २७, जेसन होल्डरले २५, रोभम्यान पावेलले १५ र कप्तान निकोलस पूरनले १५ रन जोडे । न्यूजिल्याण्डका लागि मिचेल सान्टनरले तीन, ट्रेन्ट बोल्ट, ईश सोधी, लकी फर्गुसन र टिम साउदीले एकरएक विकेट लिए ।
त्यसअघि जमैकाको किंग्सटनस्थित सविना पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनायो ।
उसका लागि कप्तान केन विलियमसनले ४७, डेभन कन्वेले ४३, जेम्स निशमले अविजित ३३, ग्लेन फिलिप्सले १७ तथा मार्टिन गप्टिल र डेरिल मिचेलले १६र१६ रन जोडे ।
वेस्ट इण्डिजका लागि ओडियन स्मिथले तीन तथा जेसन होल्डर र ओबेड म्याकोयले एकरएक विकेट हात पारे । न्यूजिल्याण्ड र वेस्ट इण्डिजबीचको दोस्रो खेल शनिबार हुनेछ ।






