नेपाल रिलीज अगावै चीनमा देखाईदै ‘राधा’

जनपत्र
२५ श्रावण २०७९, बुधबार ०६:२४

नेपाली फिल्म “राधा” नेपाल रिलीज अगावै चीनमा देखाईने भएको छ । बताईए अनुसार ग्वान्झाओस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल २०२२ फिल्म देखाउन लागिएको हो ।

चाइना पर्फमेन्स इन्डस्ट्री एसोसिएसनले आयोजना गर्ने फेस्टिभलमा साउन ३० गते सुवर्ण थापा निर्देशित फिल्म ‘राधा’ देखाईने छ । नेपाली फिल्मलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त फेस्टिभलमा यो फिल्म देखाउन लागिएको बताईएको छ ।

सृष्टि श्रेष्ठ र सौगात मल्लको मुख्य भूमिका रहेको ‘राधा’ नेपालमा भदौ १० गते रिलिज हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*