रोहितको कप्तानीमा एसिया कप खेल्ने भारतीय टिम घोषणा

जनपत्र
२४ श्रावण २०७९, मंगलवार ०७:२७

आगामी एसिया कप २०२२ का लागि अल इन्डिया सिनियर सेलेक्सन कमिटीले खेलाडी छनोट गरेको छ । २७ अगस्ट देखि ११ सेप्टेम्बरसम्म यूएईमा हुने प्रतियोगिताका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा भएको छ । घोषित टिममा पूर्वकप्तान बिराट कोहलीको पुनरागमन भएको छ ।

६ टिम सहभागी १५ औं संस्करणको प्रतियोगिता यस पटक टी(२० फर्म्याटमा हुनेछ । अन्तिम पटक प्रतियोगिता एकदिवसीय फर्म्याटमा भएको थियो । भारत साविक विजेतासमेत हो । भारतले हालसम्म सर्वाधिक सात पटक उपाधि जितेको छ ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत र छनोट एक टिम समूह ए मा छन् । यस्तै, श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । एक आपसमा प्रतिस्पर्धापछि समूहका शीर्ष दुई सेमिफाइनलमा स्थान बनाउने छन् ।

भारतीय घोषित टिममा चोटका कारण जस्प्रीत बुम्राह र हर्षल पटेल बाहिर छन् । यस्तै, श्रेयर इयेर, अक्षर पटेल र दीपक चाहर वैकल्पिक खेलाडीमा छन् ।

भारती घोषित टिममा रोहित शर्मी ९कप्तान०, केएल राहुल ९उपकप्तान०, बिराट कोहली, सुर्यकुमार यादव, दीपक हूडा, रिशब पन्त, दिनेश कार्तिक, हार्दिक पान्ड्या, रबिन्द्र जडेजा, रविचन्द्र आश्विन, युजभेन्द्र चहल, रबि बिश्नोइ, भुवनेश्वर कुमार, अर्शदीप सिंह,आभेष खान रहेका छन् ।

एसिया कपको उद्घाटन खेलमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*