खेल क्षेत्रको विकासका लागि निरन्तर लाग्छु–मन्त्री नेपाल

जनपत्र
१५ असार २०७६, आईतवार १९:३०

हेटौंडा । प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले खेल क्षेत्रको विकासका लागि आफु निरन्तर लागिरहने बताउनु भएको छ । जिल्ला फुटबल संघ सिन्धुपाल्चोकको आयोजनामा एन्फा सिन्धुपाल्चोक जिल्ला लिग फुटबल प्रतियोगिताको समापनका अवसरमा बोल्दै उहाँले खेल क्षेत्रमा प्रदेश सरकारले योगदान गर्न तयार रहेको वताउनुभयो ।

प्रदेश सरकारले वसन्तपुर खेल मैदानको संरक्षणका लागि रकम छुट्याएर  नदि नियत्रणको काम भएको थियो । चालु आर्थिक बर्षको बजेटमा मन्त्री नेपालको पहलमा खेलमैदानको संरक्षणको काम भएको हो ।  अबका दिनमा पनि खेल मैदानको संरक्षणका लागि प्रदेश सरकारले काम गर्न तयार रहेको उहाँले बताउनुभयो । यस क्षेत्रको महत्वपूर्ण खेल मैदान भएकाले यसको बिकास गरिनुपर्ने उहाँले बताउनुभयो ।

यसैवीच सिन्धुपाल्चोक जिल्लामा आयोजित जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि न्यूजेनेरेसन युवा क्लब भोटेकोसीले हात पारेको छ । आज राईजिङ युवा क्लब सुनकोसी गाउँपालिका र न्युजेनेरेसन युवा क्लब बिच भएको खेलमा १–० गोल अन्तरले न्यूजेनेरेसन विजयी भएको हो । जिल्ला लिग फुटबल प्रतियोगिता भएको असार ७ गतेबाट सुरु भएको थियो । प्रतियोगितामा बिजयी टिमले नगद ५० हजार सहितको पुरस्कार हात पारेको छ । उपबिजेता टिमले नगद २५ हजार रुपैयाँमा चित्त बुझाएको छ । खेलमा १२ टिमको सहभागिता रहेको थियो । विजयी टिमलाई प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले पुरस्कार बितरण गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*