मेसी र नेमारको उत्कृष्ट प्रदर्शनमा पिएसजीको सु:खद सुरुवात

जनपत्र
२२ श्रावण २०७९, आईतवार ०८:४४

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेइन (पिएसजी) ले विजयी सुरुवात गरेको छ। प्रतियोगितामा शानदार सुरुवात गर्ने क्रममा अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले दुई गोल गर्दा नेयमारले एक गोल गरे। क्लेरमन्ट फुटलाई घरेलु मैदानमा ५-० ले हराउँदा पाहुना टोली पिएसजी निकै उत्कृष्ट लयमा रह्यो।

गाब्रियल मोन्ट पाएड स्टेडियममा शनिबार राति भएको एकपक्षीय खेलमा पिएसजीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल गरेको थियो। खेलको नवौं मिनेटमा नेयमारले मेसीको पासमा गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए। २६औं मिनेटमा अचरफ हाकिमीले नेयमारको पासमा टिमको अग्रता दोब्बर बनाए। ३८औं मिनेटमा कप्तान मार्किन्हसले टिमका लागि तेस्रो गोल गरे।

दोस्रो हाफमा पनि पिएसजीले आफ्नो उत्कृष्ट लय जारी राख्यो। दोस्रो हाफमा दुवै गोल मेसीले गरे। ८०औं मिनेटमा नेयमारको ह्याट्रिक असिस्टमा मेसीले गोल गरे। ८६औं मिनेटमा मेसीले ब्यक्तिगत तथा टिमका लागि पाँचौ गोल गरे। ग्रोइन इन्ज्युरीका कारण खेलमा फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे भने टिममा थिएनन्। जितसँगै पिएसजीले पहिलो खेलबाटै ३ अंक जोडेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*