सिन्धुपाल्चोकमा सडक निर्माणको अनुगमन गर्दै मन्त्री अरुण नेपाल

जनपत्र
१५ असार २०७६, आईतवार १७:२७

हेटौंडा । प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले आज सिन्धुपाल्चोक जिल्लाको बिकाश निर्माणका कामको अनुगमन गर्नुभएको छ । मन्त्री नेपालले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडानम्बर ९ राम्चेमा निर्माण भएको जुरेप्यारे सडक र कालापानी- चम्पाखर्कमा निर्माण भएको सडकको अनुगमन गर्नुभएको हो । यस क्षेत्रका आम नागरिकका समस्या पनि उहाँले जानकारी लिनु भएको छ ।

जुरेप्यारे सडक निर्माणका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गरेको थियो । त्यसैगरी कालापानी- चम्पाखर्क सडकका लागि सरकारले ३० लाख लागनी गरेर काम भईरहेको छ । दुबै सडकको आज अनुगमन गर्नुभएको मन्त्री नेपालका स्वकिय सचिब लक्ष्मण पौडेलले जानकारी दिनुभयो । प्रदेश सरकारको लगानीमा सिन्धुपाल्चोकमा बिकाश निर्माणका काम द्रत गतिमा अगाडी बडेका छन् । सडक निर्माणको अनुगमन गर्दै मन्त्री नेपालले भन्नुभयो–यस क्षेत्रको समस्या मेरो पनि भएकाले बिकास निर्माणको काममा हामी संगै छौ ।’

अनुगमनका क्रममा मन्त्री नेपालले भन्नुभयो– “तपाईं हाम्रै गाउँ हो, राम्रो काम गर्दा हाम्लाइ नै राम्रो हुन्छ, नराम्रो काम गरे हाम्लाइ नै क्षति हुन्छ । हामिजस्तै जनताले तिरेको करबाट जम्मा भएको पैसा बजेटको रुपमा आएको छ, त्यसको दुरुपयोग नहोस् र कसैलाइ दुरुपयोग गर्न नदिउँ । प्रकृयागत रुपमा योजनाहरु माग गर्नुस्, यो ठाउँको विकास गर्ने कुरामा म प्रतिवद्ध छु ।’ मन्त्री नेपालको पहलमा प्रदेश सरकारबाट बजेट बिनियोजन गरिएका यस क्षेत्रका योजनाहरुको काम गरणस्तरिय भएको देखिएको प्राबिधिक तारा तिमल्सिना बताउनुहुन्छ ।

अनुगमनपछि  कालापानि चम्पाखर्क सडक  निर्माण समितिका अध्यक्ष बलराम ढकालले भन्नुभयो– “हामी कालापानी चम्पाखर्क ट्र्याक निर्माण गर्नको लागि १० वर्षदेखि निरन्तर भौंतारिरहेका थियौं, प्रदेश सरकारले हाम्रो समस्यालाइ गम्भिरताका साथ लिएर बजेटको व्यवस्था गर्दिनुभएकोले हामी सम्पूर्ण चम्पाखर्क बासी उच्च सम्मान व्यक्त गर्न चाहन्छौं ।’ उहाँले भन्नुभयो–जग्गादाताहरुको निस्वार्थ सहयोगले निर्माणको कामले गति लियो । मन्त्री नेपालबाट यस्ता जनप्रिय कामहरुले निरन्तरता पाउने कुरामा हामी सम्पूर्ण गाउँबासी ढुक्क छौँ ।,

जुरे प्यारे सडक निर्माण समितिका अध्यक्ष राजकुमार सुवेदीले भन्नुभयो  “ हाम्रो उद्देश्य आफ्नो ठाउँ बनाउने भएकोले कसैले पैसाको लोभ गरेनौं, काम गुणस्तरीय गरियो, कसैले खोट लागाउने ठाउँ छैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*