कैलाशका बिद्यार्थीको पीडाः सल्लाको खोटो बालेर पढ्न बाध्य
हेटौंडा /कैलाश गाउँपालिका –८, ल्वाङ्गाका अमर प्रजा कक्षा–६ मा पढ्छन् । गाउ“मा बिजुलीको समस्या भएका कारण सल्लाको खोटो बालेर पढ्ने उनलाई बानी परिसक्यो । जन्मेदेखि विद्युत् बत्तीको उज्यालो देख्न नपाएका प्रजाले ६ कक्षासम्म आइपुग्दा पनि सल्लाकै खाटो बालेर बेलुका पढ्ने गरेको बताउ“छन् । घरदेखि करिब दुई घण्टा पैदलमा विद्यालय जानुपर्दा अन्य समयमा शिक्षकले दिएको गृहकार्य गर्न नभ्याउने भएका कारण राति सल्लाको खाटो बालेर नै पढ्नुपर्ने वाध्यता उनले सुनाए ।
सोही गाउ“का रामबहादुर प्रजाको पनि घरमा राति सल्लाको खाटो बालेर बस्ने गरिएको छ । ५८ वर्षका प्रजाले हालसम्म सल्लाको खाटो बलेर नै रात उज्यालो बनाउने काम गरेका छन् । दिनभर सल्लाको खोटो खोज्यो, राति बाल्यो । त्यही उज्यालोबाट बेलुका घरधन्दा गर्ने गरेको प्रजाले सुनाए । वर्षाका कारणले सल्लाको खोटो भिजेर काम नलाग्ने हुने गरेको उनको गुनासो छ । अब यो वर्खाभर टुकी बत्तीको सहार लिने योजना रहेको उनले बताए ।
करिब दुई सय ५० घरधुरी रहेको वडामा करिब ५० घरले सल्लाको खोटो र टुकीबाट आफ्नो गुजारा चलाइरहेका छन् भने दुई सय घरधुरीले सोलारमार्फत् काम चलाइरहेका छन् । बकैया गाउ“पालिकाको सिमातमा पनि उस्तै छ समस्या । स्थानीय सोमबहादुर भ्लोनका अनुसार उनले जन्मेदेखि टुकीकै सहारामा बस्नु परेको छ । ‘मेरो पालासम्म त बिजुली आइपुग्दैन होला,’ उनले भने । मट्टीतेलमा आफूहरुले धरै पैसा खर्चिरहेको उनको गुनासो छ ।
ल्वाङ्गाका गोपालबहादुर न्यासुरका अनुसार करिब चार सय ६० घरधुरी रहेको वडामा ६० घर टुकीको सहारामा र चार सय घरले सोलार प्रयोग गरिरहेका छन् । ‘विद्युत् ल्याउन हामीले पहल गरिरहेका छांै । प्राधिकरणले टेण्डर गरेको छ तर, विद्युत्को आवश्यक सामग्री भने उपलब्ध नगराइएका कारण गाउ“लाई उज्यालो पार्ने लक्ष्य पूरा हुन सकेको छैन,’ उनले गुनासो गरे ।
कैलाश गाउँपालिका ल्वाङ्गामा पनि अब सल्लाको खाटो बाल्नु नपर्ने गरी गाउ“पालिकाले अनुदानस्वरुप सोलार दिने योजना बनाएको वडा अध्यक्ष सुर्जबहादुर सिंहले जानकारी दिए । ‘केही दिनअघिबाट सल्लाको खाटो टिप्न नपाउने भनेका छौं, बोटबिरुवा नाश हुने र स्वास्थ्यमा असर पर्ने भएकोले यस्तो काम रोकेका हौं,’ सिंहले भने ।
विद्युत् प्राधिकरण हेटौंडाका सहायक इञ्जिनियर आनन्दकुमार यादबका अनुसार कैलाश गाउ“पालिकाका १० वडामध्ये वडा—९ र १० मा ५० प्रतिशत्मात्र बिजुलीको सुविधा छ । २, ३, ४ र ६ नम्बर वडामा बिजुली पुग्न सकेको छैन । बकैयाका १० वटा वडामध्ये, वडा–१, २, ६, १०, ११, र १२ मा हालसम्म बिजुलीको समस्या रहेको यादबले बताए । राक्सिराङमा ९ वडा वडामध्ये वडा–१, २, ३, ४, ७ र ८ मा हालसम्म बिजुली पुग्न सकेको छैन । आजको हेटौंडा सन्देश दैनिकमा समाचार छापिएको छ ।