मेस्सी, नेयमार र रामोसको गोलमा पीएसजीलाई सुपर कप

जनपत्र
१६ श्रावण २०७९, सोमबार ०८:४५

स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र सर्जियो रामोसको गोलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप ९ट्रफी डेस च्याम्पियन० को उपाधी जितेको छ ।

आइतबार राति इजरायलमा भएको खेलमा पिएसजीले नान्टेसलाई ४-० अन्तरले पराजित गर्यो ।पिएसजीलाई उपाधि जिताउन ब्राजिली फरवार्ड नेयमारले दुई तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र स्पेनिस डिफेन्डर सर्जियो रामोसले एक एक गोल गरे ।

यस संगै फ्रेन्च लिग वान विजेता पिएसजीले सर्वाधिक ११ पटक सुपर कपको उपाधि जितेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*