श्रीलंकासँगको दोस्रो टेष्ट जित्न पाकिस्तानले पायो ५ सय ८ रनको लक्ष्य

जनपत्र
११ श्रावण २०७९, बुधबार १४:२१

दोस्रो टेष्ट क्रिकेटमा श्रीलंकाले पकिस्तानलाई ५ सय ८ रनको लक्ष्य दिएको छ । गाल्लेमा श्रीलंकाले आज चौथो दिनको खाना समयपछि ८ विकेट गुमाएर ३ सय ६० रन बनाउँदै पारी समाप्तीको घोषणा गरेपछि पाकिस्तानले ५ सय ८ रनको लक्ष्य पाएको हो ।

दोस्रो पारीमा श्रीलंकाका धनञ्जय डि सिल्भाले १ सय ९ र दिमुथ करुणारत्नेले ६१ रन बनाए । बलिङतर्फ पाकिस्तानका नसिम शाह र मोहम्मद नवाजले २/२ विकेट लिए । पहिलो पारीमा श्रीलंकाले १ सय ४७ रनको अग्रता बनाएको थियो । पहिलो पारीमा श्रीलंकाले ३ सय ७८ र पाकिस्तानले २ सय ३१ रन बनाएका थिए । २ खेलको श्रृङ्खलाको पहिलो खेल पाकिस्तानले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*