साफ यू–२० मा लगातार दोस्रो जितको खोजीमा नेपाल
साफ पुरुष यू–२० च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलंकाको सामना गर्दैछ । खेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाली समयअनुसार राति सवा ७ बजे सुरु हुनेछ ।
पहिलो खेलमा माल्दिभ्समाथि ४–० को शानदार जित हात पारेको नेपाल आज पनि जित निकाल्दै आफ्नो विजयी यात्रा कायम राख्ने सोचमा छ ।
पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको श्रीलंका पनि नेपाललाई हराउँदै पहिलो जित दर्ता गर्ने प्रयासमा छ । साफ यू–२० मा नेपाल र श्रीलंकाले पहिलोपटक एकअर्काको सामना गर्न लागेका हुन् ।






