रियल र बार्सिलोना हालान्ड अनुबन्धको दौडमा
जर्मन क्लब बोरुसिया डर्टमुन्डका नर्वेजियन युवा फरवार्ड अनुबन्धमा स्पेनिस महारथी रियल मड्रिड र क्याटलान क्लब बार्सिलोनाबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । दुवै टोलीले नयाँ सिजन ९२०२२–२३०को सिजनसँगै हालान्ड अनुबन्ध गर्ने योजनामा छ । रियलका अध्यक्ष फ्लोरिन्टनो पेरेज र बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा जसरी पनि हालान्डलाई भित्र्याउने योजनामा रहेको छ ।
‘एल क्लासिको’ र उपाधि होडमा प्रतिस्पर्धा गर्ने बार्सिलोना र रियलबीच हालान्ड अनुबन्धमा कसले बाजी मार्ने हो, त्यो हेर्न बाँकी छ । डर्टमुन्डले यसै जनवरीको अन्त्यसम्ममा भविष्यतय गर्ने स्पष्ट पारिसकेको छ । डर्टमुन्ड पनि हालान्डलाई अहिले नै गुमाउने योजनामा छैन । आगामी नयाँ सिजनपछि हालान्डलाई महँगोमा बेच्ने डर्टमुन्डको योजना छ । तर, बार्सिलोना र रियल तत्कालै हालान्ड अनुबन्ध गर्न दाउ छोपिरहेको छ । बार्सिलोनाका अध्यक्ष लापोर्टाले हालान्डका प्रतिनिधि मिनो राइओलासँग दुईपटक भेट गरिसकेका छन् ।
यता, रियल अध्यक्ष पेरेज भने हालान्डलाई दोस्रो प्राथमिकतामा राखेका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०बाट केलियन एमबाप्पेलाई भिœयाउन नसकेको खण्डमा हालान्डलाई ल्याउने योजना छ । बार्सिलोनाभन्दा आर्थिक रूपमा बलियो रहेको रियलले एमबाप्पे र हालान्ड दुवैलाई अनुबन्ध गर्न सक्ने बताइएको छ । तथापि, यस विषयमा पेरेजले खुलेर बोलेका छैनन् ।
एमबाप्पेलाई रियल मड्रिडको प्रस्ताव
स्पेनिस क्लब रियल मड्रिडले जनवरी ट्रान्सफरमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेलाई अनुबन्धका लागि प्रस्ताव गरेको छ । इटालियन फुटबल एजेन्ट जियोभन्नी ब्रान्चिनीका अनुसार रियलले पीएसजीसामु ५० मिलियन युरोको नयाँ प्रस्ताव गरिएको बुझिएको छ । गत समर ट्रान्सफरमा रियलले एमबाप्पेका लागि १८० मिलियन युरोसम्मको प्रस्ताव राखे पनि उनीहरूबीच सहमति जुट्न सकेको थिएन । यसपटक पनि रियलले एमबाप्पे अनुबन्धका लागि नयाँ प्रस्ताव अघि सारेको छ । पीएसजीमा २३ वर्षीय एमबाप्पेको सम्झौता अब ६ महिना मात्रै रहेको छ ।
आउँदो समरसँगै उनी जुनसुकै क्लबमा निःशुल्क समावेश हुन सक्नेछन् । तर, रियल म्याड्रिडले त्योभन्दा पहिला नै आफ्नो लामो समयको लक्ष्य प्राप्ति गर्न चाहेको दाबी गरिएको छ । ब्रान्चिनीले ला गजेटा डेलो स्पोर्ट्सलाई भने, ‘यो अहिले पीएसजीमा निर्भर छ, किनकि रियल म्याड्रिडले केही दिनअघि एमबाप्पेलाई ५० मिलियन युरो प्रस्ताव गरेर फर्केको छ । मलाई थाहा छैन । यो कसरी अघि बढ्नेछ । मलाई लाग्छ कि फ्लोरेन्टिनो पेरेजको यो कदम नजिकबाट हेर्न लायक छ ।’ एमबाप्पे जस्तो खेलाडी फ्रि ट्रान्सफरमा सरुवा हुनु लाज मर्दो कुरा हो ।
पेरिसमा उनीहरूले यस’दयगत के सोच्छन् मलाई थाहा छैन ।’ पीएसजीले अब खेलाडी बेच्न सहमत हुने सम्भावना छैन, उनीहरूले गर्मीमा गरेनन् । त्यसैले यदि एमबाप्पे सर्ने हो भने उसले फेब्रुअरी र मार्चको सेतो जर्सीमा आफ्नो पीएसजीको वर्तमान सहयात्रीविरुद्ध मैदानमा उत्रनेछ । राजधानीडेलीबाट






