इटालीका गोलकिपर जियानलुइजी बने युरोकपको सर्वोत्कृष्ट खेलाडी
इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा १६ औं संस्करणको युरोकप फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।इटालीलाई युरोकपको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका जियानलुइजी सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
जियानलुइजी युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर बनेका छन् । गएराति भएको खेलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३(२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो ।






