हेटौंडा गोल्डकपः हर्दि र दुधौली स्पोर्टस क्लब विजयी

जनपत्र
१८ माघ २०७७, आईतवार ०६:४३

हेटौंडा । हेटौंडा-१० को फरेष्ट्री क्याम्पसको खेल मैदानमा जारी ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगितामा आज सम्पन्न दुई खेलमा हर्दि र दुधौली स्पोर्टस क्लब विजयी भएका छन्।

शनिबार सम्पन्न भएको पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २-० गोल अन्तरले हराउँदै हर्दि युवा समाज राप्ती विजयी भएको हो ।

हर्दिको जितको लागि खेलको सातौं मनिटमा निरज चौधरीले पहिलो गोल गरेका थिए। त्यसैगरी खेलको १३ औं मिनटमा हर्दीका सुरेश कुमालले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरेका थिए । खेलमा हर्दि युवा समाजका सुरेश कुमालनै म्यान अफ द म्याच घोषित भएका थिए । यो जितसँगै प्रतियोगितामा बाई पाएको हर्दि युवा समाज सेमिफाइनलमा प्रवेश गर्न समेत सफल भएको छ ।

त्यसैगरी आज सम्पन्न दोस्रो खेलमा दुधौली स्पोर्टस् क्लब विजयी भएको छ। दुबै टिम खेल निर्धारित समयमा १–१ गोलको बराबरी रोकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकर वीरगञ्ज युथ एकेडेमीलाई ४-२ गोल अन्तरले पराजित गर्दै दुधौली स्पोर्टस् क्लब विजयी बनेको हो। दोस्रो खेलमा दुधौली स्पोर्टस्का गोलरक्षक रेम्बो चौधरी म्यान अफ दी म्याच घोषित भएका थिए ।

त्यसैगरी भोली माघ १८ गरेपनि दुई खेल हुने आयोजकले जनाएको छ। भोलीको पहिलो खेल एफसी रियाले काठमाडौं र सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब हुनेछ भने दोस्रो खेल सर्लाही जिल्ला फुटबल संघ र आयोजक एफसी विजय युथ क्लब बिच हुनेछ।

प्रतियोगिताको फाईनल खेल २३ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा मोफासलका १० टोलीको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*