हेटौंडा खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही द्वारा पदभार ग्रहण
हेटौँडा । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले सोमबार पदभार ग्रहण गरेका छन् । अध्यक्ष शाहीले पदभार ग्रहण गर्दै नगरको समग्र खुलकुद विकासको लागि अग्रणी भूमिका खेल्ने प्रतिवद्धता ब्यक्त गरे ।
उनले नगरको खेलकुदको विकासमा समितिले दिनरात काम गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् । हेटौँडा उपमहानगरपालिकाले दिएको जिम्मेवारीलाई आफुले महत्वपूर्ण ढंगबाट निर्वाह गर्ने भन्दै उनले कोभिडको कारण रोकिएको खेलकुदका गतिविधिलाई अव स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्ने अभियान समेत सञ्चालन गरिने उनले बताए ।
शाहीलाई गत श्रावण २६ गते सोमबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उपमहानगरपालिका खेलकुद विकास ऐन दफा ३ को उपदफा २९क०मा भएको ब्यवस्था बमोजिम समितिको अध्यक्षमा नियुक्त गरेका थिए ।






