राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना
काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा सुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित छन् । नेपालले बङ्गलादेशसँग बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल आउँदो कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल मङ्सिर २ गते खेल्ने तय भएको छ । एन्फाले खेलाडीलाई त्रिपुरेश्वरमा रहेकाे वर्ल्ड ट्रेड सेन्टरमा राखेको छ ।
प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् राखेपले एन्फालाई अनुमति दिएको हो । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी सुरु गरेको छ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेकाले एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।






