राष्ट्रिय अनलाईन बुद्धिचाल प्रतियोगिताको उपाधि बिबेक थिङलाई
हेटौँडा । जेसिआइ हेटौंडाको आयोजनामा आज भएको राष्ट्रिय अनलाईन बुद्धिचाल प्रतियोगिताको उपाधि बिबेक थिङले जितेका छन् । आज दिउँस भएको प्रतियोगितामा उनले सहभागि भएका १ सय ४० प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिमा कब्जा जमाएका हुन् । जेसिज सप्ताहको पहिलो दिन अन्र्तगतको कार्यक्रममा देशभरबाट उल्लेख्य चेस खेलाडीहरुको सहभागिता रहेको थियो । थिङले उपाधि जित्ने क्रममा उनले ९ खेलमा जित एक बराबर तथा एक हार ब्यहोरेका थिए ।
कार्यक्रममा नेपाल बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष एकलाल श्रेष्ठले बुद्धिचालको विकासको लागि जेसिजले गरेको प्रतियोगिताको प्रशंसा गरे । उनले यस्ता खाले कार्यलाई जेसिजले आगामी वर्षहरुमा पनि जारी राख्न भन्दै आवश्यक सहयोगको लागि बुद्धिचाल संघ सधै तयारी रहेको बताए ।
प्रतियोगितामा सुश्रुत दाहाल दोस्रो तथा मनिष हमाल तेश्रो भए । प्रतियोगितामा २४ विधामा पुरस्कार प्रदान गरिएको नेपाल बुद्धिचाल संघका केन्द्रीय सचिव धरम लामाले बताए । लामाका अनुसार प्रतियोगितामा देशका अधिकांश चर्चित खेलाडीहरु थिए ।
जेसिआई हेटौँडाका अध्यक्ष राजदेव बाँनीयाको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्री महासचिव धरम लामा, संघका बागमती प्रदेश कोषाध्यक्ष नरेन्द्र भण्डारी, जिल्ला अध्यक्ष माधव तिमल्सिना, जेसिआइ हेटौंडा का कार्यकारीणि उपाध्यक्ष एवम जेसिज सप्ताह मुल कार्यक्रम सम्योजक जेसि पवन कङ्साकार, प्र जेसिआइ हेटौंडा का पुर्ब अध्यक्ष हरु भजकिस्न गोर्खाली, गणेश कुमारश्रेष्ठ, , प्रभात पौडेल, दिपकराज मिश्र ,अरुण कुमार दाहाल , हेटौँडा लेडि जेसिजका अध्यक्ष शुसिला पौडेलको आतिथ्यता रहेको थियो । कार्यक्रमको संयोजन विकेशलाल श्रेष्ठले गरेका थिए ।






