विश्वमा सोमबार २ लाख २ हजार ५४५ कोरोना संक्रमित थपिए
विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले सोमबार एकैदिन विश्वमा दुई लाखभन्दा धेरै कोरोना संक्रमित थपिएको जनाएको छ । आइतबार २ लाख २ हजार ५४५ कोरोना संक्रमित थपिएका हुन् । यसअघि आइतबार २ लाख ३ हजार ८३६ कोरोना संक्रमित थपिएका थिए ।
शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै एकैदिन २ लाख ११ हजार ४११ संक्रमित थपिएको डब्लूएचओको तथ्यांकमा उल्लेख छ ।हालसम्म विश्वमा एक करोड १३ लाख २७ हजार ७९० जनामा कोरोना संक्रमण देखिसकेको छ भने ५ लाख ३२ हजार ३४० जनाको मृत्यु भइसकेको छ ।







