संसारका खराब मुलुकको सूचीमा भारत पाचौँमा उक्लियो, संक्रमितको संख्या २ लाख ४६ हजार नाघ्यो
विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ६ हजार ९ सय बढि र संक्रमितको संख्या २ लाख ४६ हजार नाघेको छ ।
वल्डो मिटरको आइतबार बिहान ७ः०० बजेको तथ्यांक अनुसार भारतमा मृत्यु हुनेको संख्या ६ हजार ९ सय ४६ जनाको मृत्यु भएको छ भने भारतामा संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय २२ जना पुगेको छ । त्यसैगरि १ लाख १८ हजार ६ सय ९५ जना निको भएका छन् ।






