कोरोना अपडेट भारतः संक्रमितको संख्या १ लाख ६ हजार नाघ्यो, ३३ सय बढिको मृत्यु
विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ३ हजार ३ सय बढि र संक्रमितको संख्या १ लाख ६ हजार नाघेको छ ।
वल्डो मिटरको बुधबार बिहान ७ः३० बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या ३ हजार ३ सय २ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ७५ जना पुगेको छ ।






