विश्व कोरोना अपडेटः २ लाख ८० हजार बढीको मृत्यु, संक्रमितको संख्या ४१ लाख नाघ्यो, १४ लाखभन्दा धेरै निकाे भए
विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ८१ हजारभन्दा बढी र संक्रमितको संख्या ४१ लाख नाघेको छ ।
वल्डो मिटरको आइतबार बिहान ६ः३० बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या २ लाख ८० हजार ४ सय ३१ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या ४१ लाख ६ सय २३ पुगेको छ । निको हुनेको संख्या १४ लाख ३९ हजार ९ सय १६ रहेको छ ।






