बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको डिभोर्स !
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले प्रधानमन्त्री पदमा हुदै आफ्नी पत्नीसँग डिभोर्स लिएर नयाँ किर्तिमान बनाएका छन् ।
बेलायतको २५० बर्षको इतिहासमा जोनसन प्रधानमन्त्री रहेकै बेला डिभोर्स लिने पहिलो प्रधानमन्त्री बनेका हुन् । जोनसनले यस अघि आफ्नी पत्नी मरीना व्हीलरसँग डिभोर्सका लागि दिएको निवेदन स्वीकृत भएको हो । डिभोर्सको निवेदन स्वीकृत भएसँगै जोनसनले आफ्नी प्रेमिका केरी साइमन्ड्ससँग विवाह गर्ने बाटो खुलेको छ ।
गत फेब्रुअरीमा डिभोर्सको निवेदन दिना साथ प्रधानमन्त्री जोनसनले आफ्नी प्रेमिकासँग इन्गेजमेन्ट गरेको घोषणा गरेका थिए । ३२ बर्षिय केरी गएको जुलाई देखि नै प्रधानमन्त्री जोनसनसँग बेलायतको प्रधानमन्त्री बस्ने डाउनिंग स्ट्रीटमा बस्दै आएकी छन् । गएको बुधबार नै केरीले एक छोरालाई जन्मदिएकी छन् ।
डेली मिररका अनुसार बच्चाको जन्महुनु अघि मात्र मरीनासँग डिभोर्सको निवेदन स्वीकृत भएको हो । मरिना जोनसनकी दोस्रो पत्नी हुन् । पेशाले वकिल रहेकी मरीना र जोनसनका चार बच्चा रहेका छन् । त्यस्तै जोनसनले पहिलो विवाह एलेग्रा मोस्टिन क्वेनसँग गरेका थिए । उनले सन १९८७ मा क्वेनसँग विवाह गरेका थिए भने सन १९९३ मा डिभोर्स गरेका थिए ।सन १७६९ मा अगस्टस फिटजराय पछि प्रधानमन्त्री पदमा रहदा नै डिभोर्स गर्ने पहिलो प्रधानमन्त्री बनेका छन् ।






