अमेरिकामा रोकिएन कोरोना, मृत्यु हुनेको संख्या ७६ हजार नाघ्यो
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको र संक्रमितको संख्या बढेको देखिएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार १ सय २६ जनाको मृत्यु भएको देखिएको छ ।
अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ७६ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या ७६ हजार ९ सय २५ पुगेको छ ।
त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा २९ हजार ३ सय २२ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या १२ लाख ९२ हजार ४ सय १४ पुगेको छ ।
त्यस्तै अमेरिकामा अहिलेसम्म २ लाख १७ हजार ६६ जना ठिक भएका छन् । त्यसैगरी अमेरिकामा १६ हजार ९९५ जनाको आइसीयुमा उपचार भइरहेको छ ।






