भारतमा थपिए दुई हजार ४४२ नयाँ कोरोना संक्रमित, संक्रमित संख्या ३९ हजार ६ सय नाघ्यो
भारतमा पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ४ सय ४२ जना नोभेल कोरोना भाइरस संक्रमित थपिएका छन् । वल्डो मिटरको आइतबार बिहान ७ बजेको तथ्यांकअनुसार भारतमा दैनिक कोरोना संक्रमितको संख्यामा भएको वृद्धिमा शनिबार अहिलेसम्मकै उच्च छ ।
भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ३९ हजार ६९९ पुगेको छ भने मृत्यु हुनेको संख्या एक हजार ३२३ पुगेको छ । हालसम्म भारतमा १० हजार ८ सय १९ जना कोरोना संक्रमितको उपचारपछ अस्पतालबाट डिस्चार्ज गरिएका छन् ।






