विश्वभर कोरोना : ३४ लाख ८१ हजार संक्रमित, २ लाख ४४ हजारको मृत्यु

जनपत्र
२१ बैशाख २०७७, आईतवार ०६:४८

विश्वभर कोरोना संक्रमितको संक्रमितको संख्या ३४ लाख ८१ हजार १ सय ६२ पुगेको छ। वल्डो मिटरको तथ्याङ्क अनुसार आइतबार बिहान ६ बजेसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ ११ लाख ६० हजार ५ सय ८५ जनालाई संक्रमण पुष्टि भएको छ।

विश्वभर कोरोनाको संक्रमणपछि मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ६ सय ६० पुगेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै बढी छ। त्यहाँ ६७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

कोरोना संक्रमणपछि पनि निको हुनेको संख्या ११ लाख ८ हजार २ सय ९५ पुगेको छ। नेपालमा भने संक्रमितको संख्या ५९ पुगेको छ। तीमध्ये १६ जना भने उपचारपछि निको भइसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*